पाल्पाको रैनादेवीमा अस्तित्व फाउन्डेसनद्वारा स्वास्थ्य शिविर – Nepal Press

पाल्पाको रैनादेवीमा अस्तित्व फाउन्डेसनद्वारा स्वास्थ्य शिविर

काठमाडौं । अस्तित्व फाउन्डेसन नेपालले पाल्पास्थित रैनादेवी छहरा गाउँपालिका- ३ भुवन पोखरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा एक हजार ५० जनाले आफ्नो स्वास्थ्य परीक्षण गराएको फाउन्डेसनले जनाएको छ ।

स्वास्थ्य शिविरमा वरिष्ठ फिजिसियन विशेषज्ञ डा. नन्दु पाठक र डा. प्रकाश भट्टराई, बालरोग विशेषज्ञ डा. श्रीधर खनाल, स्त्रीरोग विशेषज्ञ डा. ज्योति श्रेष्ठ, हाडजोर्नीरोग विशेषज्ञ डा. हीरामणि पौडेल, वरिष्ठ रेडियोलोजिस्ट डा. सुरेश थापा र डा सुरेन्द्र रायमाझी तथा नाक कान घाटी रोग विशेषज्ञ विवश पराजुलीले स्वास्थ्य जाँच गरेका थिए ।

त्यस्तै मेडिकल अधिकृत डा. कल्पना न्यौपाने, डा. गोकुल पौडेल र डा. शिशिरकुमार पटेलले स्थानीयको स्वास्थ्य जाँच गरेका थिए ।

शिविरमा स्वास्थ्य जाँच गरेकालाई निरोग फार्मेसी औषधि वितरणमा प्राविधिक सहयोग पुर्‍याएको फाउन्डेसनले जनाएको छ । फाउन्डेसनका अनुसार विभिन्न औषधि उत्पादक कम्पनीहरुले निःशुल्क औषधि उपलब्ध गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर