प्रथम राष्ट्रपति यादव भन्छन्- कैलाश सिरोहियाकाे पक्राउ विधिकाे शासनअनुसार भएन (भिडिओ) – Nepal Press

प्रथम राष्ट्रपति यादव भन्छन्- कैलाश सिरोहियाकाे पक्राउ विधिकाे शासनअनुसार भएन (भिडिओ)

पोखरा । प्रथम राष्ट्रपति डा. रामवरण यादवले कान्तिपुर मिडिया हाउसका सञ्चालक कैलाश सिरोहियालाई गरिएको पक्राउ विधिको शासनअनुसार नभएको जिकिर गरेका छन् ।

नेपाल पत्रकार महासंघ कास्कीको १७औं साधारणसभा तथा १२ औं अधिवेशन शनिबार उद्घाटन गर्दै प्रथम राष्ट्रपति यादवले संविधानमा भएको व्यवस्था सरकारमा भएकाले पालना नगरेको बताए ।

‘कान्तिपुर मिडिया हाउसका मान्छेलाई सरकारले जुन प्रकारले समातेको छ, त्यो विधिको शासनअनुसार छैन । त्यसलाई चिठीपत्र काटेर, भूल भएछ भनेर सीडीओ अफिसले एक पत्र काट्दिन्थ्यो । यति गते हाजिर हुनुस् भन्थ्यो । त्यो दिन सच्याइदिन्थ्यो’, उनले भने ।

कैलाश सिरोहियाको परिवार नेपालकै नागरिक रहेको यादवले दाबी गरे । उनले भने, ‘उस (कैलाश)को दाजु गोपाल सिरोहिया मसँग पढ्थ्यो । बीचको एउटा गोविन्द सिरोहिया र त्यसपछि कैलाश सिरोहिया । उनीहरु जेनुन सय वर्ष पहिले आएको यहींका नागरिक हुन् ।’

पञ्चायतको बेला अरु मारवाडीले रातारात नागरिकता बनाए पनि सिरोहियाको पिताले पछि मात्रै नागरिकता पाएको डा. यादवले सुनाए ।

‘मैले राजनीति जनकपुरबाट सुरु गरेको । त्यो मान्छे पनि जनकपुरबाट । त्यस (कैलाश)को पिताजी घासीराम मारवाडी सज्जन मान्छे थियो । अरु मारवाडीको रातारात नागरिकता भयो । उसले नागरिकता पाएन’, उनले भने ।

उनले थपे, ‘युवराज ज्ञवाली नाम सुन्नुभएको होला, कान्तिपुरमा सुरु गरेर, नागरिक (पत्रिका)को विनोदका बुवा । पञ्चायतको बेलामा ऊ सीडीओ भएर गएको थियो । जसले घुस दिन्थ्यो, उसको नागरिकता बन्थ्यो, घासीराम मारवाडीको हुँदैन । पछि युवराजले नागरिकता दिनुभयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर