नीति तथा कार्यक्रम भोलि पारित गर्ने सरकारको तयारी, यस्ता छन् १४ कार्यसूची – Nepal Press

नीति तथा कार्यक्रम भोलि पारित गर्ने सरकारको तयारी, यस्ता छन् १४ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको भोलि बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । आइतबार बिहान ११ बजे बस्ने बैठकका लागि महासचिव पद्मप्रसाद पाण्डेले १४ वटा कार्यसूची सार्वजनिक गरेका हुन् ।

भोलि सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी छ । भोलि नै छलफल थालनी गरेर उठेको प्रश्नमा जवाफ दिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

तर, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै छानबिन समिति बनाउन माग गर्दै सदन अवरोध गर्दै आएको छ ।

समिति बनाउने विषयमा दुवै पक्ष तयार भए पनि कार्यादेश टुंगिन सकेको छैन । शुक्रबार पनि सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी थियो । तर, कांग्रेससँगको वार्ता सकारात्मक नभएपछि भोलिसम्मलाई सारिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *