विश्वप्रकाशको जिकिर- कांग्रेस दाजुभाउजूसहित सबै सांसद र नेतामाथि छानबिन गर्न तयार छ (भिडिओ) – Nepal Press

विश्वप्रकाशको जिकिर- कांग्रेस दाजुभाउजूसहित सबै सांसद र नेतामाथि छानबिन गर्न तयार छ (भिडिओ)

शर्माले थपे- गृहमन्त्रीले आफूमाथि लागेको आरोप घुमाउरो पारामा स्वीकार्नुभयो

काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता घुमाउरो पारामा स्वीकार गरेको दाबी गरेका छन् । नेविसंघ झापा काठमाडौं सम्पर्क मञ्चको अधिवेशनलाई सम्बोधन गर्दै कांग्रेसले सहकारीको विषयमा व्यक्तिकेन्द्रित मात्रै कुरा नउठाएको उनको प्रष्टोक्ति छ ।

उनले भने, ‘कांग्रेस दृढतापूर्वक सहकारी ठगीको सन्दर्भमा पनि बोलिरहेका छौं । प्रश्न एकजना व्यक्तिको कुरामात्रै होइन । संसदमा उभिएर उहाँले पलानोमाथि यो आरोप छ, अर्कोमाथि यो आरोप छ, भनेर बढा घुमाउरो स्वीकारोक्ति । त्यो भनेको अरु-अरुमाथि पनि छ त ममाथि मात्रै किन देख्छौ ? भनेको हो ।’

उनले कांग्रेसको पार्टी सभापतिदेखि सदस्यसम्मका परिवारसम्मको छानबिन गर्न आफूहरू तयार रहेको उल्लेख गर्दै नाम नै लेखेर समिति गठन गर्न तयार रहेको बताए ।

उनले भने, ‘कांग्रेसको सांसदमाथि, चलनचल्तीको भाषामा दाजुभाउजूमाथि छानबिन गर्न तयार छ । छानबिन गम्भीर हुनुपर्छ । कुनै राजनीतिक दलले आफ्नो पार्टीको सबै छानबिन गर भनेर अरु कसैले भन्न सक्दैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर