भीसीटीएस प्रणालीमा बिहानदेखि नै समस्या, सूचना प्रिन्ट गरेर गाडीमा बोक्न आग्रह – Nepal Press

भीसीटीएस प्रणालीमा बिहानदेखि नै समस्या, सूचना प्रिन्ट गरेर गाडीमा बोक्न आग्रह

काठमाडौं । भेहिकल कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) मा आज बिहानदेखि समस्या आएको छ ।

राजस्व अनुसन्धान विभागले सञ्चालनमा ल्याएको भीसीटीएसमा समस्या आएको हो ।

विभागले सूचना निकालेर भीसीटीएसमा समस्या आएको बताएको छ । भीसीटीएसमा समस्या आएकाले विभागले निकालेको सूचना प्रिन्ट गरेर गाडीमा बोक्न आग्रह गरेको छ ।

‘राजस्व अनुसन्धान विभागबाट सञ्चालन भइरहेको भीसीटीएस प्रणालीमा आज बिहानदेखि नै समस्या देखिएको छ । उक्त समस्या समाधानको प्रयास भइरहेको र समाधान गर्न केही समय लाग्ने देखिएको हुँदा प्रणालीको मर्मत सम्भार कार्य पुरा नभएसम्म यो सूचना प्रिन्ट गरी साथै राखी सवारी साधन सञ्चालन गर्नुहोला,’ विभागको सूचनामा भनिएको छ ।

चुहावट नियन्त्रणका लागि राजस्व अनुसन्धान विभागले ढुवानीका गाडीहरूमा भीसीटीएस प्रणाली लागू गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर