कैलाश सिरोहियाको पक्राउले मनोबल घटाएको निजी क्षेत्रका ३ संस्थाको जिकिर – Nepal Press

कैलाश सिरोहियाको पक्राउले मनोबल घटाएको निजी क्षेत्रका ३ संस्थाको जिकिर

काठमाडौं । निजी क्षेत्रका ३ संगठनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सञ्चार उद्यमी कैलाश सिरोहियाको पक्राउलाई लिएर ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति निकालेका हुन् ।

‘कानूनविपरीत काम गरेको प्रमाणित भएमा जोकोही पनि कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा हामी सबै स्पष्ट छौं । तर, कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्नेतर्फ ध्यानाकर्षण गराउन चाहन्छौं’, ती संस्थाले भनेका छन् ।

देश आर्थिक संकटबाट गुज्रिरहेको बेला उद्योगी, व्यवसायी र लगानीकर्तालाई सरकारले अभिभावकत्व प्रदान गर्नुपर्ने उनीहरूको माग छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर