विकललाई अख्तियारको चौथो मुद्दा, सुरक्षण मुद्रणमा दोषी ठहरिएको भोलिपल्ट ६२ करोड भ्रष्टाचारको अभियोग – Nepal Press

विकललाई अख्तियारको चौथो मुद्दा, सुरक्षण मुद्रणमा दोषी ठहरिएको भोलिपल्ट ६२ करोड भ्रष्टाचारको अभियोग

काठमाडौं । विशेष अदालत काठमाडौंबाट भ्रष्टाचार गरेकै अभियोगमा दोषी ठहर भएकै दोस्रो दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल विरुद्ध ६२ करोड भन्दा बढी भ्रष्टाचार गरेको अर्को मुद्दा दायर भएको छ ।

आयोगले ६२ करोड १९ लाख १८ हजार ६८४रुपैयाँ विगो दाबी गर्दै विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर गरेको हो ।

उनले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनको घरकोठाबाट बरामद भएका विद्युतीय उपकरणबाट प्राप्त प्रमाण र स्वदेश तथा विदेशका विभिन्न निकायबाट प्राप्त प्रमाणलाई विश्लेषण गर्दा उनले आफु कार्यकारी पदमा रहेको निकायमा आपूर्ति हुने सामग्री खरिदवापत स्वदेशी तथा विदेशी आपूर्तिकर्ता कम्पनीबाट कमिशन रकम प्राप्त गरेको आयोगले जनाएको छ ।

साथै परिचालन गर्ने क्रममा उनको विभिन्न व्यक्ति तचा निकायसँग सम्पर्क रहेको, प्राप्त कमिशन रकम लिई सिंगापुर स्थित युनाइटेड ओमरसिज बैंक र अमेरिका स्थित बैंक अफ अमेरिकामा रकम जम्मा गर्ने गरेको तथा त्यसमध्ये केहि रकम विदेशमा नै परिचालन गर्ने गरेको तथ्य प्रमाण फेला परेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *