होटेल सरोवर र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंकद्वारा विशेष छुट सम्झौता – Nepal Press

होटेल सरोवर र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंकद्वारा विशेष छुट सम्झौता

पोखरा । पर्यटकीय सदरमुकाम पोखराको लेक साइडमा अवस्थित होटेल सरोवर प्रा.ली रकिङ्गस लाउन्ज पोखरामा प्रभु बैंक लिमिटेडद्वारा आफ्ना कर्मचारी तथा ग्राहक लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

मिति २०८१/०२/०८ गते छुट्टाछुट्टै समारोहकाबीच होटेल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतीक पहारी, किङ्गस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारजनले होटेल सरोवरमा उपलब्ध सेवाहरू जस्तै आवास, खाना, मनोरञ्जन सभा हल र पौडी लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

किङ्गस लाउन्ज पोखरामा उपलब्ध सेवाहरू जस्तै खाना, खाजा, तथा मनोरञ्जन सुविधामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैंक सँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि निरन्तर रूपमा लागिरहेका प्रा.डा. भरत पहारीद्वारा सञ्चालित होटेल सरोवर पोखराको लेक साइडमा एकै छाना मुनी अत्याधुनिक सेवा तथा सुविधाहरू उपलब्ध गराउँदै आएको छ भने किङ्गस लाउन्ज पोखरा युवा तथा सङ्गीत प्रेमीलक्षित होटल तथा रेष्टुरेण्टको रूपमा बहुचर्चित पाइन्छ ।

त्यसै गरी, ग्राहकहरूको रोजाइको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीयम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ विश्वास दिन्छौँ’ मूल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।

समारोहमा प्रभु बैंक गण्डकी प्रदेशका सञ्चालन जोखिम अधिकृत ज्योतिकृष्ण लामिछाने, प्रदेश व्यापार प्रबन्धक विक्रम गिरी, होटेल सरोवरका म्यानेजर मनिस श्रीवास्तव तथा किङ्गस लाउन्ज पोखरा प्रबन्धक मदन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर