कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सानेपामा जारी – Nepal Press

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सानेपामा जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक बसिरहेको छ । सानेपास्थित पार्टी मुख्यालयमा भर्खर बैठक सुरू भएको हो ।

आजको बैठकमा समसामयिक राजनीतिक विषय र पछिल्ला घटनाक्रममा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति बनाउनुपर्ने अडानमा सदन अवरुद्ध गरिरहेको कांग्रेस हिजो कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया नागरिकतासम्बन्धी कसुरमा पक्राउपछि थप आक्रोशित बनेको छ । यही मेसोमा बसेको कांग्रेस बैठकले भावी रणनीति तयार गर्ने बताइएको छ ।

बैठकमा सहकारीको बचत फिर्ताको सुनिश्चिता, गृहमन्त्रीको संलग्नताको विषयमा छानबिन समिति बनाउनेबारे छलफल भइरहेको नेता रामहरि खतिवडाले बताए ।

उनले गृहमन्त्री लामिछानेले सदनमा अशिष्ट, हिंस्रक र अपमानजनक मात्रै नभइ व्यक्ति नै तोकेर कांग्रेस नेताहरूमाथि लगाएको आरोप आपत्तिजनक रहेको भन्दै त्यसमा पनि छलफल हुने बताए ।
खतिवडाका अनुसार बैठकमा गृहमन्त्रीको राजीनामा माग्ने वा नमाग्नेदेखि सभामुख देवराज घिमिरेको भूमिका र सरकारको पछिल्लो गतिविधिबारे पनि छलफल भइरहेको छ ।

कांग्रेसको नाराबाजीबीच पछिल्लो दिनमा सदनको कारबाही अघि बढेको छ ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर