सिरोहिया पक्राउमा अमेरिका ‘असन्तुष्ट’ ! यस्तो छ दूतावासको विज्ञप्ति – Nepal Press

सिरोहिया पक्राउमा अमेरिका ‘असन्तुष्ट’ ! यस्तो छ दूतावासको विज्ञप्ति

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेको छ । यसैक्रममा नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्तिमार्फत् धारणा व्यक्त गरेको छ ।

दूतावासले सांकेतिकरूपमा सिरोहियाको पक्राउप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

‘अझ परिपूर्ण मुलुक बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शीता मार्गदर्शक सिद्धान्तहरू हुन् । कठिन संघर्षपश्चात प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ’, दूतावासले भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *