सिरोहिया पक्राउको विरोधमा धनुषा अदालतनजिकै नेविसंघको नाराबाजी – Nepal Press

सिरोहिया पक्राउको विरोधमा धनुषा अदालतनजिकै नेविसंघको नाराबाजी

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा जनकपुरमा नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले प्रदर्शन सुरू गरेको छ ।

नेविसंघका कार्यकर्ताहरू प्रदर्शन गर्दै धनुषा जिल्ला अदालत पुग्न खोज्दा प्रहरीले रोकेको हो । अहिले उनीहरु अदालतनजिकै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

प्रदर्शनकारीले प्रेस स्वतन्त्रता कायम गर, सहकारी ठग सरकार मुर्दावाद, प्रतिशोधले कलम झुकाउन पाइँदैन जस्ता नारा लगाइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर