सिरोहियालाई रिहा नगरेसम्म निरन्तर संघर्ष गर्ने मिडिया सोसाइटीको घोषणा – Nepal Press

सिरोहियालाई रिहा नगरेसम्म निरन्तर संघर्ष गर्ने मिडिया सोसाइटीको घोषणा

अध्यक्ष कँडेलले भनेः प्रधानमन्त्री प्रचण्ड र ओलीको नागरिकता पनि हेरौं

काठमाडौं । मिडिया मालिकहरुको साझा संगठन मिडिया सोसाइटीले कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई रिहा गर्न माग गरेको छ । सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले सिरोहियालाई रिहाइ नगरेसम्म निरन्तर संघर्ष गर्ने घोषणा गरे ।

मिडिया सोसाइटीले आज पत्रकार सम्मेलन गर्दै सिरोहिया पक्राउको निन्दा गरेको हो । कँडेलले नागरिकतामा विवरण तलमाथि हुँदैमा पक्राउ गर्न नमिल्ने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको नागरिकतामा पनि गडबडी रहेको आशंका उनले व्यक्त गरे ।

कँडेलले भने, ‘प्रचण्ड र ओलीले पनि नागरिकतामा विवरण बदल्नुभएको शंका हामीलाई छ । उहाँहरुले पुरानो नागरिकता छोडेर प्रतिलिपि बोक्नुभएको छ । पहिलेको नागरिकता सिरोहियाको जस्तै नेपाली कागजमा थियो होला । त्यसमा नाम, थर, वतन, जिल्ला, मिति तलमाथि रहेको मिडिया सोसाइटीलाई गम्भीर शंका छ । सबै पत्रकार साथीहरलाई आग्रह गर्छौं कि एकपटक प्रधानमन्त्री र ओलीको नागरिकता हेरौं । देउवाको, नेपालको पनि खोजौं । हामीले खोजौं न । कसरी बदल्नुभएको रहेछ । के प्रक्रिया अपनाउनुभएको रहेछ । पक्राउ गरिएको रहेछ कि रहनेछ ।’

उनले नागरिकतामा विवरण फरक परेको भए सच्याउन मिल्ने बताए । पक्राउ पूर्जिपछि पनि सिरोहियालाई बोलाएर बयान लिन सकिनेमा मिडिया हाउमै आएर पक्राउ गर्नु आपत्तिजनक रहेको उनको भनाइ छ ।

सिरोहियालाई चाँडोभन्दा चाँडो रिहा गर्न माग गर्दै कँडेलले भने, ‘रिहाइ नभएसम्म उहाँमाथिको गिरफ्तारीका विरुद्ध निरन्तर संघर्षरत छौं र मिडिया सोसाइटी संघर्षरत रहनेछ ।’


प्रतिक्रिया

3 thoughts on “सिरोहियालाई रिहा नगरेसम्म निरन्तर संघर्ष गर्ने मिडिया सोसाइटीको घोषणा

  1. प्रतिलिपि दिन्छ ,बदल्न मिल्दैन विवरण ,मूर्ख कैला हरु, कानुन त सबैलाई लाग्छ नी हैन र ? की भारतीय लगानी भएको ठूलो मीडिया मालिक लाई फरक, अरु भुई मान्छेलाई फरक हो र? बरु र रविको सहकारी पनि छानबिन गरौं भनेर कुरा उठाउँदा ठीक होला । अहिले तपाईं हरु जे बोल्नुहुन्छ इंडिया को राज्यका दलाल बोलेको सम्झन्छन् दुनिया ।

  2. फौजदारी मुद्दालाई पत्रकारिताको जामा पहिर्याएर १२ भाई अनि तिनका मतियारको रोइलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *