उच्च अदालतका न्यायाधीश भट्ट काठमाडौं उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोकिए – Nepal Press

उच्च अदालतका न्यायाधीश भट्ट काठमाडौं उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोकिए

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट तोकिएका छन् ।

बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई उच्च अदालत पाटनको कामकाजसमेत गर्ने गरी काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ को उपदफा २३.१ अनुसार पुरावेदन समितिको अध्यक्ष तोकिएका हुन् ।

बैठकले देशभरका विभिन्न स्थानमा आगलागी र डढेलोका कारण भइरहेको क्षति न्यून गर्न र तत्काल आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन दिने निर्णय पनि गरेको सकारकार प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन ।

उनका अनुसार बैठकमा सहकारीको समस्याका बारेमासमेत छलफल भएको छ भने यस सम्बन्धमा तत्काल कानुनी व्यवस्था गरी सहकारी र तिनका कारण वचतकर्ताले व्यहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ को उपदफा २३.१ अनुसार प्राधिकरणले दिएको आदेशमाथी पुनरावेदन सुन्न एक पुनरावेदन समिति रहने व्यवस्था छ । समितिको सदस्यमा नेपाल सरकारले तोकेका दुई जना व्यक्ति सदस्य रहने व्यवस्था छ ।

पुनरावेदन समितिलाई साक्षी प्रमाण बुझ्ने, साक्षीलाई उपस्थित गराउने, बयान गराउने र लिखत पेश गर्न लगाउने सम्बन्धमा अदालतलाई भए सरहको अधिकार छ । पुनरावलेदन समितिले कारवाही किनार गर्दा उपयुक्त कार्यविधि अपाउन सक्ने व्यवस्था ऐनमा छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर