भक्तपुरको दधिकोटमा गाई फार्ममा आगलागी, १० गाई जले – Nepal Press

भक्तपुरको दधिकोटमा गाई फार्ममा आगलागी, १० गाई जले

काठमाडौं। भक्तपुरको दधिकोटस्थित एक गाई फार्ममा आगलागी हुँदा १० वटा गाई जलेका छन्।

सूर्य विनायक नगरपालिका-१ स्थित ईश्वर न्यौपानेले सञ्चालन गरेको गाई फार्ममा आगलागी भएको भक्तपुर प्रहरी प्रवक्ता राजन कार्कीले जानकारी दिए।

घटनामा १८ लाख ९० हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *