कांग्रेस सांसद गुरूङको निलम्बन फुकुवा, अब प्रतिनिधिसभा बैठकमा भाग लिन पाउने – Nepal Press

कांग्रेस सांसद गुरूङको निलम्बन फुकुवा, अब प्रतिनिधिसभा बैठकमा भाग लिन पाउने

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा भएको छ ।

सर्वोच्च अदालतको आदेशपछि मनाङबाट निर्वाचित सांसद गुरुङको निलम्बन फुकुवा भएको संसद सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले एक सूचना जारी गर्दै अदालतको आदेशपछि सांसद गुरूङको निलम्बन फुकुवा भएको जानकारी दिएका छन् ।

यससँगै सांसद गुरूङले अब प्रतिनिधिसभाको नियमित बैठकमा उपस्थित हुन पाउने भएका छन् ।

भ्रष्टाचार मुद्दामा आफूलाई जरिवानामात्रै भएको तर कैद सजाय नभएको भन्दै गुरुङले सांसद पद निलम्बन फुकुवाको मागसहित दायर गरेको रिटमा सर्वोच्चले चैत १६ गते सदर गरेको थियो । उनलाई भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतले दोषी ठहर गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर