उपत्यकाका दुई मेडिकल पसलमा लागू औषध ब्यूरोको छापा, दुर्व्यसनी र कारोबारीलाई बिक्री गरेको आरोप – Nepal Press

उपत्यकाका दुई मेडिकल पसलमा लागू औषध ब्यूरोको छापा, दुर्व्यसनी र कारोबारीलाई बिक्री गरेको आरोप

काठमाडौं । काठमाडौंका दुई वटा मेडिकल पसलमा नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले छापा मारेको छ । कागेश्वरी–८ स्थित गोगो फार्मेसी र भक्तपुरको मध्यपुर ठिमी–९ स्थित वोडेमा रहेको टिसा फार्मेसीमा ब्युरोले औषधी व्यवस्था विभागसँग मिलेर छापा मारेको हो ।

ती दुई औषधी पसलले लागू औषध दुर्व्यसनी र कारोबारीलाई नियन्त्रित लागू औषध बिक्री वितरण गरेको आरोप लागेको छ । मेडिकलका सञ्चालक र औषधिसहित कारबाहीका लागि औषधि व्यवस्था विभागको जिम्मा लगाइएको ब्युरोले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Press - Live
Nepal Press - Live