किन धरमरायो शेयर बजार ? – Nepal Press

किन धरमरायो शेयर बजार ?

काठमाडौं । शेयर बजारले लामो समयदेखि गति लिन सकेको छैन । बजार बुधबार पनि झिनो अंकले मात्र बढेको छ । यस दिन नेप्से सूचक ०.१५ बिन्दुले बढेको छ ।

यसदिन सूचक १९६९.१७ अंकमा अडिएको छ । २ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । १३ मध्ये ३ वटा समूहको सूचक सकारात्मक देखिएको छ ।

बुधबार ३१३ कम्पनीको ७२ लाख ८४ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । कारोबार रकममा पुनर्बीमा कम्पनीको संस्थापक शेयरको कारोबार बढी भएको छ ।

यसको ६३ करोड ३० लाखभन्दा बढीको कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः पोखरा फाइनान्स र गोर्खाज फाइनान्स परेका छन् ।

१९ सयको लाइनमा आएर शेयर सुस्त बनेको छ । अर्थमन्त्रीमा वर्षमान पुनको कमब्याकपछि पनि बजारले आशा जगाए पनि गति लिन भने सकेन । उनले पूँजी बजार सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउँदै आएका छन् ।

इन्साइडर ट्रेडिङको विषय प्रहरीले हेर्न थालेपछि लगानीकर्ताको मनोबल झन् खस्किएको एक लगानीकर्ता सुनाउँछन् ।

हालै इन्साइडर ट्रेडिङमा रिडी पावरका पूर्वअध्यक्ष गुरु न्यौपानेलाई विशेष अदालतले दोषी ठहर गर्दै सजाए सुनाएपछि अन्य लगानीकर्ता हच्किएको उनको भनाइ छ ।

‘बैंक ब्याजदर घटिरहेको छ । बैकिङ प्रणालीमा लगानी गर्ने खर्बौं थुप्रिएको छ । तर, पनि शेयर चलायमान नै भएन’, उनले दु:खेसो पोखे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर