ईभी गाडीहरूको र्‍याली निकाल्दै सुरू गरियो हिमालयन हाइड्रो एक्पो २०२४ (तस्बिरहरु) – Nepal Press

ईभी गाडीहरूको र्‍याली निकाल्दै सुरू गरियो हिमालयन हाइड्रो एक्पो २०२४ (तस्बिरहरु)

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो २०२४ आजबाट सुरू गरिएको छ । बुधबार बिहान ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतले काठमाडौंको कमलादीस्थित स्काइ वाक टावरटबाट निकालिने ईभी र्‍यालीको उ्दघाटन गर्दै हाइड्रो एक्पो २०२४ को सुरूवात गरेका हुन् ।

कमलादीस्थित स्काइवाक टावरबाट निकालिएको ईभी र्‍याली सिंहदरबार हुँदै नयाँ बानेश्वरबाट कोटेश्वर, ग्वार्खो, सातदोबाटो, कुपोन्डोल, थापाथली, धरहरा, लयनचौर, राष्ट्रपति भवन, प्रधानमन्त्रीको कार्यालय, नागपोखरी, हात्तिसार हुँदै भृकुटीमण्डपसम्मको निकालिएको छ ।

पेट्रोलियम पदार्थको उपयोग कम गर्ने र विद्युतीय सवारी साधनको उपभोग बढाउने सन्देश दिन तथा नेपालको जलविद्युतको सम्भावनाबारे जानकारी दिन इभी ¥याली निकालिएको कार्यक्रम संयोजक तथा इप्पानका उपाध्यक्ष भरत खत्रीले बताए ।

वैशाख १२, १३ र १४ सम्म हुने एक्पोमा उच्चस्तरीय बिजनेस मिटिङहरू पनि आयोजना गरिएको छ । जसमा भारतका प्रतिष्ठित अडानी ग्रुप, पीटीसीलगायतका कम्पनीका प्रतिनिधिसँग बिजनेस मिटिङ राखिएको छ ।

एक्स्पोमा अहिलेसम्म १२ भन्दा बढी देशका सयभन्दा धेरै स्टलहरूको बुकिङ सम्पन्न भइसकेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने हाइड्रो एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर