वेस्ट इन्डिजका प्रशिक्षक सामी भन्छन्- नेपाल भ्रमणले मजबुत विश्वकप टोली छनोट हुनेछ – Nepal Press

वेस्ट इन्डिजका प्रशिक्षक सामी भन्छन्- नेपाल भ्रमणले मजबुत विश्वकप टोली छनोट हुनेछ

काठमाडौं । वेस्ट इन्डिजका राष्ट्रिय टोली प्रशिक्षक डारेन सामीले ‘ए’ टोलीको नेपाल भ्रमणले विश्वकपका लागि मजबुत टोली छनोट गर्न सजिलो हुने बताएका छन् ।

१५ सदस्यीय वेस्ट इन्डिज ‘ए’ टीम घोषणापछि आईसीसीसँग कुराकानी गर्दै सामीले भनेका छन्- प्रशिक्षणको दृष्टिकोणबाट हेर्दा हामी ठीक समयमा नेपाल भ्रमण गर्दैछौं । यसले खेलाडीको भूमिका र विशेषज्ञतालाई बुझेर मजबुत विश्वकप टोली छनोट गर्न अवसर दिनेछ ।’

वेस्ट इन्डिजले आन्द्रे फ्लेचर, फाबियान आलेन, जोनसन चार्ल्स, हेडेन वाल्स जस्ता टी-२० स्पेसलिस्ट खेलाडीलाई ‘ए’ टीममा राखेर नेपाल पठाउँदैछ ।

वेस्ट इन्डिजका रोभमन पावेल, आन्द्रे रस्सेल, निकोलास पुरान, कायल मेयर्स, सेरफन रुथरफोर्ड, रोमारियो सेफर्ड, अल्जारी जोसेफ, सिमरन हेटमयर जस्ता खेलाडीहरु अहिले इन्डियन प्रिमियर लिग खेलिरहेका छन् । नेपालले घरेलु मैदानमा वेस्ट इन्डिज ‘ए’सँग ५ वटा टी-२० श्रृंखला खेल्दैछ ।

वेस्ट इन्डिजको टोली पहिलो पटक नेपाल आउन लागेको हो । नेपाल र वेस्ट इन्डिज दुवैले यो श्रृंखलालाई विश्वकप तयारीका रुपमा हेरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर