एटीएम प्रयोग गर्दा रकम निक्लेन तर, पैसा काटियाे भने के गर्ने ? – Nepal Press

एटीएम प्रयोग गर्दा रकम निक्लेन तर, पैसा काटियाे भने के गर्ने ?

काठमाडौं । कहिलेकाहीं एटीएम मेसिनमा कार्ड प्रयोग गर्दा मागेको रकम निक्लिँदैन । तर, पैसा काटिएको सन्देश आइसक्छ । यस्तो बेला अब के गर्ने भन्ने तनाव हुनसक्छ ।

यस्तो अवस्थामा रकम फिर्ताका लागि ग्राहकले खबर गरेमा वा नगरेमा कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटीएम एउटै संस्थाको भएमा कारोबार भएको एक दिनपछि हिसाब मिलान हुने व्यवस्था छ । यदि कार्ड जारी गर्ने संस्था र प्रयोग गरेको एटीएम फरक भएमा कारोबारपछिको तीन दिनभित्र हिसाब मिलान गर्नुपर्ने हुन्छ ।

तर, यी दुबै संस्था नेपाली हुनुपर्छ । यदि फरक संस्था हुँदा विदेशी संस्था भएमा कारोबारपछिको ३० दिनभित्र हिसाब मिलान गर्नुपर्ने व्यवस्था छ । सो समयभित्र हिसाब मिलान गर्ने दायित्व उपकरण जारी गर्ने र प्रयोग हुने संस्था दुबैको हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर