वेस्ट इण्डिजले नेपालसँग सिरिज खेल्न‍ ‘ए’ को टिम घोषणा – Nepal Press

वेस्ट इण्डिजले नेपालसँग सिरिज खेल्न‍ ‘ए’ को टिम घोषणा

काठमाडौं । नेपालसँगको पाँच खेलको टी–२० सिरिज खेल्न पहिलो पटक नेपाल आउन लागेको वेस्ट इण्डिजले टोली घोषणा गरेको छ ।

वेस्ट इण्डिज क्रिकेट बोर्डले टी–२० सिरिजका लागि रोस्टन चेसको कप्तानीमा १५ सदस्यीय   ‘ए’ टिम घोषणा गरेको हो ।

नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको सिरिज शनिबारदेखि सुरु हुनेछ । सिरिजको सबै खेल कीर्तिपुरस्थित टियू ग्राउन्डमा हुनेछन् । नेपालले विश्वकपको तयारीस्वरूप वेस्ट इण्डिज ‘ए’ सँग खेल्न लागेको हो । विश्वकप अघि लय  गुमाइरहेकाे नेपालकाे लागि याे महत्वपूर्ण खेल हुनेछ ।

वेस्ट इण्डिज ‘ए’ को टिम :

रोस्टन चेश  (कप्तान), एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदीम एलियन, जोशुवा विशोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हायडेन वाल्स ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर