शहीदनगरमा नगर प्रमुखविरुद्ध वडाध्यक्षकै नेतृत्वमा आन्दोलन, प्रहरीसँग झडप हुँदा आश्रुग्यास प्रहार – Nepal Press

शहीदनगरमा नगर प्रमुखविरुद्ध वडाध्यक्षकै नेतृत्वमा आन्दोलन, प्रहरीसँग झडप हुँदा आश्रुग्यास प्रहार

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकामा नगर प्रमुख दिनेश प्रसाद यादवविरुद्ध आन्दोलनमा उत्रेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

वडा नम्बर ६ का वडाध्यक्ष उमेश निरालाकै नेतृत्वमा नगर प्रमुख यादवविरुद्ध प्रदर्शनमा उत्रेकाहरु नगरपालिकामा तोडफोडको प्रयास गर्दा प्रहरीले रोक्न खोज्दा झडप भएको हो । सो क्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन एकसेल आश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार प्रदर्शनकारीले फालेको ढुङ्गा लागेर दुईजना प्रहरी घाईते भएका छन् । प्रहरीको टाउँकोमा ढुङ्गा हानिएको छ । अहिले त्यहाँको अवस्था सामान्य भइसकेको छ ।

नगर प्रमुख यादवले भ्रष्टाचारमा लिप्त भएको र एकलौटी गरेको भन्दै वडाध्यक्ष निराला आन्दोलन सुरु गरेका छन् । उनले सयौं महिलालाई समेत आन्दोलनमा उतारेका थिए ।

नगर प्रमुख यादव र आन्दोलनमा उत्रेका वडाध्यक्ष निराला दुवै जनता समाजवादी पार्टी (जसपा)बाटै निर्वाचित छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर