सन्दीपको मुद्दा धकेलियो, आज हेर्न नभ्याइनेमा – Nepal Press

सन्दीपको मुद्दा धकेलियो, आज हेर्न नभ्याइनेमा

काठमाडौं । सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज तोकिएको सुनवाइ स्थगित भएको छ । न्यायाधीशले मुद्दालाई आज सुनवाइ गर्न नभ्याइनेमा राखेका छन् ।

सन्दीपको मुद्दा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तम प्रसाद ढकालको इजलासमा परेको थियो । ८ नम्बरमा रहेको मुद्दाको दिउँसो साढे तीन बजे पालो आएको भए पनि न्यायाधीशद्वयले बहस सुरु गरेनन् । मुद्दाको अर्को पेसी आजै तोकिनेछ ।

यसअघि गत ३ वैशाखमा भएको सुनवाइमा अदालतले गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजातहरू मागेको थियो । ती कागजातहरू आइपुगेपछि आजलाई सुनवाइ तोकिएको थियो । सन्दीपको मुद्दा तत्काल फैसला नभएको खण्डमा उनले टी–२० विश्वकप खेल्न पाउने सम्भावना समाप्त हुने छ ।


प्रतिक्रिया

One thought on “सन्दीपको मुद्दा धकेलियो, आज हेर्न नभ्याइनेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर