१३ वटा सहकारी चोरीको आरोपमा छ जना पक्राउ – Nepal Press

१३ वटा सहकारी चोरीको आरोपमा छ जना पक्राउ

हेटौंडा । झापामा विभिन्न सहकारीबाट ३० लाख १६ हजार रूपैयाँ चोरी गरेको आरोपमा मकवानपुरका ६ जना युवालाइ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ फाखेलका ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सन्तबहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ का २८ वर्षीय अजय राना मगर रहेका छन् ।

उनीहरूले १३ वटा सहकारीबाट ३० लाख १६ हजार ६८७ रुपैयाँ चोरी गरेको प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

पक्राउ गरिएकाहरुलाई पाँच दिन म्याथ थप गरि थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर