ओलीको प्रश्न- कम्युनिष्टहरूबीच एकता गरिहाल्ने भए फुटेका चाहिँ किन थियौं ? – Nepal Press

ओलीको प्रश्न- कम्युनिष्टहरूबीच एकता गरिहाल्ने भए फुटेका चाहिँ किन थियौं ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नै एकीकरण गरेर सबै देशभरीका कम्युनिष्टहरु मिल्ने सम्भावना नरहेका बताएका छन् ।

नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराइज हलमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै अहिले सहकार्यलाई अगाडि बढाउँदा उपयुक्त हुने बताए ।

उनले भने, ‘अहिले हामी विभाजनको बाटोबाट माथि उठेका छौं, अघि प्रचण्डजीले भनेजस्तै हामी पार्टी एकीकरणको गरिहालौं, पार्टी एकता भइहाल्छ भन्ने कुरा त्यो व्यक्तिगत आकांक्षा मात्रै हुनसक्छ । त्यसैले अहिले सहकार्यको माध्यमबाट निकट हुँदै जान्छौं । त्यसपछि मात्रै एकताको बिन्दुमा पुग्न सक्छौं । तर, अहिले नै एकीकरण गरौं सबै देशभरीका मिलौं भन्ने हो भने फुटेका किन थियौं ? के भएर फुटेका थियौं भन्ने प्रश्न उठ्छ । अहिले सहकार्यको लागि सहमतिबाट जाऔं ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर