मलद्वारमा अड्किएको बोतल एक महिनापछि निकालियो – Nepal Press

मलद्वारमा अड्किएको बोतल एक महिनापछि निकालियो

पोखरा । गोरखामा एक पुरुषको मलद्वारभित्र अड्किएको बोतल निकालिएको छ । गोरखा नगरपालिका-३, नारेश्वरका ५७ वर्षीय पुरुषको मलद्वारमा एक महिनादेखि अड्किएको किटनाशक औषधिको बोतल शल्यक्रिया गरेर निकालिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बोतल अड्किएर ठूलो आन्द्रा अवरुद्द भएर यसको संक्रमण शरीरमा फैलिएपछि अस्पतालको इमर्जेन्सीमा भर्ना भएका थिए । एक्सरे गर्दा मलद्वारमा बोतल देखिएपछि दूरबिनबाट आन्द्राको अन्य भागमा संक्रमण नफैलिएको पत्ता लागेपछि अस्पतालका सर्जनद्वय डाक्टर जितेन्द्रकुमार सिंह र डाक्टर विश्वराज खड्का, एनेस्थेसियोलोजिष्ट डाक्टर शम्भु अधिकारीलगायतका टीमले करिब ३ घन्टाको शल्यक्रिया गरेर मलद्वारबाट बोतल निकालिएको हो ।

शल्यक्रियापछि बिरामीको होस आइसकेको र आईसीयू कक्षमा उपचार भैरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर