कार्यकाल सकिन लाग्दा गभर्नर अधिकारीको हस्ताक्षरमा ५ रूपैयाँको ३५ करोड थान नोट छापिँदै – Nepal Press

कार्यकाल सकिन लाग्दा गभर्नर अधिकारीको हस्ताक्षरमा ५ रूपैयाँको ३५ करोड थान नोट छापिँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन अब एक वर्ष पनि बाँकी छैन । कार्यकाल सकिने अवस्थामा रहेका उनै गभर्नर अधिकारीको हस्ताक्षरमा ३५ करोड थान पाँच रुपैयाँ दरको नोट छापिने भएको छ । अधिकारी २०७६ चैत २४ गते गभर्नरमा नियुक्त भएका थिए ।

नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरको नयाँ नोट छाप्नका लागि बोलपत्र आव्हान गरेको छ । नेपाली ५ रुपैयाँको बैंक नोट छपाइका लागि योग्य सेक्युरिटि प्रिन्टरहरुलाई अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

बोलपत्र कागजातका लागि नेपाली २० हजार, १५० अमेरिकी डलर, युरो १४० वा १२० पाउण्ड स्टर्लिङ लाग्ने केन्द्रीय बैंकले जनाएको छ । पूर्वबोलपत्र आह्वान गर्ने समय मे १० नेपाली समय ११ बजेसम्म रहेको छ ।

सिल गरिएको बोलपत्र नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग, बालुवाटारको कार्यालयमा आफैं उपस्थित भएर वा कुरियरमार्फत (यस बोलपत्रको ४६ औं दिन) नेपाली समय अनुसार दिउँसो १२ बजे वा अघि पेश गर्नुपर्नेछ ।

यो म्याद पछि प्राप्त बोलपत्रहरू अस्वीकार हुने बैंकले जनाएको छ । बोलपत्रहरू मुद्रा व्यवस्थापन विभागको कार्यालयमा ३ जुन २०२४ मा नेपाली समयअनुसार दिउँसो १ बजे उपस्थित हुन छनौट गर्ने बोलपत्रदाता प्रतिनिधिहरूको उपस्थितिमा खोलिने केन्द्रीय बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर