एसियाली आईसीटी इन्डस्ट्रीज प्रतिनिधिहरुलाई बिना हिचकिचाहट लगानी गर्न रेखा शर्माको आग्रह (भिडिओ) – Nepal Press

एसियाली आईसीटी इन्डस्ट्रीज प्रतिनिधिहरुलाई बिना हिचकिचाहट लगानी गर्न रेखा शर्माको आग्रह (भिडिओ)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एसियाली आईसीटी इन्डस्ट्रीजका प्रतिनिधिहरुलाई बिना हिचकिचाहट लगानी गर्न आह्वान गरेकी छन् ।

आइतबार अन्तर्राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि विषयमा भएको छलपलमा उपस्थित १७ एसियाली राष्ट्रहरुका आईसीटी इन्डस्ट्रीज प्रतिनिधिहरुलाई मन्त्री रेखा शर्माले बिना हिचकिचाहट लगानी गर्नका लागि आह्वान गरेकी हुन् ।

उनले भनिन्, ‘नेपालको सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा बिना हिचकिचाहट लगानीका लागि आग्रह गर्न चाहन्छु । साथै आफ्नो संघ संस्थामार्फत आवश्यक पहल गर्न समेत अनुरोध गर्न चाहन्छु । नेपाल सरकार प्रविधि क्षेत्रमा आवश्यक सहजीकरण एवम विश्वासको वातावरण सृर्जना गर्न तयार रहेको जानकारी गराउन चाहन्छु ।’

उनले छलफलमा अनुभव आदान प्रदान भएको बताइन् ।

‘आजको छलफलमा प्रतिनिधिहरुले अनुभव आदान प्रदान गर्नुभएको छ । त्यसलाई हामीले मनन गरेका छौं । सबै राष्ट्रहका अनुभवहरुलाई आदान प्रदान आवश्यक छ । खासगरी आईटी क्षेत्रमा हाम्रा मित्र राष्ट्रहरुले विकास गर्नुभएको छ’, मन्त्री शर्माले भनिन्, ‘त्यसको अनुभवलाई लिएर नेपालले पनि आईटी क्षेत्रलाई इमर्जिङ सेक्टरको रुपमा स्वीकार गरेको छ । आईटी सेक्टरको विकासका लागि हाम्रो कानून, कार्यक्रमहरु तथा नीति नियम परिमार्जन गर्ने कुरामा सक्रियताका साथ लागिरहेका छौं । नेपाल सरकारले बाहिरी लगानीका सथै नेपालको महत्वपूर्ण लगानीलाई पनि आईटी सेक्टरमा गर्नेछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर