विराटनगरकी वृद्धा स्रष्टा लता गिरी सम्मानित – Nepal Press

विराटनगरकी वृद्धा स्रष्टा लता गिरी सम्मानित

विराटनगर । नेपाल स्रष्टा समाजले विराटनगर ३ निवासी ८६ वर्षीया स्रष्टा लता गिरीलाई नगदसहित सम्मान गरेको छ । सानै उमेरदेखि शिक्षा तथा साहित्यिक क्षेत्रमा सक्रिय गिरीलाई नगद १५ हजारसहित सम्मान गरिएको हो ।

विराटनगरमा एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष ओम श्रेष्ठ (रोदन), कोशी प्रदेश अध्यक्ष कृष्णप्रसाद भण्डारी (मार्सेली), साहित्यसेवी बलराम पोखरेल, विवश पोखरेल, सरला चापागाईंलगायतले माला तथा दोसल्ला ओढाएर लतालाई सम्मान गरेका थिए ।

कार्यक्रममा साहित्यकार विवश पोखरेलले गिरीका सामाजिक तथा साहित्यिक जीवनका बारेमा व्याख्या गरे । गिरीका तीन भजन संग्रह प्रकाशित छन् । साथै थुप्रै गीत तथा कविता पनि रचना गरेकी छन् ।

सम्मान कार्यक्रममा अगुवा बुद्धिजीवी दिनेश श्रेष्ठ, दिनेश सुवेदी, साहित्यकार सिमाआवाष, सुभलक्ष्मी लम्साललगायतको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *