आर्सनल शीर्ष स्थानमा उक्लियो – Nepal Press

आर्सनल शीर्ष स्थानमा उक्लियो

काठमाडौं। इंग्लिस प्रिमियर लिगको गएराती भएको खेलमा विजयी हुँदै आर्सनल शीर्षस्थानमा उक्लिएको छ ।

गएराती घरेलु टोली वल्भ्सलाई हराउँदै आर्सनलले एक खेल कम खेलेको म्यान्चेस्टर सिटीलाई उछिन्दै लिग तालिकाको पहिलो स्थान कब्जा गरेको हो ।

वल्भरह्याम्टनमा गए राति भएको खेलमा आर्सनललाई जिताउन लियान्द्रो ट्रोससार्ड र मार्टिन ओडेगार्डले गोल गरे ।

पहिलो गोलको लागि आर्सनलले पहिलो हाफको इन्ज्युरी समयसमा लियान्द्रो ट्रोससार्डले गोल गर्दै आर्सनललाई पहिलो हाफमा १–० को अग्रता दिलाए । दोश्रो गोल पनि दोश्रो हाफको इन्ज्युरी समयमै भयो ।

इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनलाई सहज जित दिलाए ।

जितसँगै शीर्षस्थानमा उक्लिएको आर्सनलको ३३ खेलबाट ७४ अंक पुगेको छ । एक खेल कम खेलेको सिटीको ७३ तथा लिभरपुलको ७१ अंक छ । पराजित वल्भ्स ४३ अंक जोडेर ११औं स्थानमा छ ।

प्रिमियर लिगकै अर्को खेलमा ब्रेन्टफर्डले लुटनलाई ५–१ ले पराजित गरको छ । यस्तै बर्नलेले सेफिल्ड युनाइटेडलाई ४–१ ले पराजित गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर