एसीसी प्रिमियर कपः नेपाल हङकङसँग पराजित – Nepal Press

एसीसी प्रिमियर कपः नेपाल हङकङसँग पराजित

काठमाडौं । एसीसी प्रिमियर कपको तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेर नेपालले दिएको १४० रनको लक्ष्य हङकङले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

हङकङको जीतको लागि ओपनर ब्याटस्म्यान अन्सी रथले अविजित ६५ रनको योगदान गरे । त्यस्तै बाबर हायातले २६, एइजाज खानले १२ र नसरुल्ला रानाले अविजित ११ रन बनाए ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामीले चार ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा अरुका हात खाली भए ।

यसअघि नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १३९ रनमात्र बनाउन सक्यो । नेपालको लागि दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै सर्वाधिक ४४ रन बनाए । त्यस्तै सन्दीप जोराले रन आउट हुनुअघि २२ रन जोडेका थिए ।

कप्तान रोहित पौडेलले २१ रन बनाउँदा कुशल मल्ल १३ र सोमपाल कामी १२ रन बनाएर आउट भए । गुल्शन झा ६, आशिफ शेख ५ र करण केसी ३ रन बनाएर आउट हुँदा ललित राजवंशी २ रनमा अविजित रहे । आज पनि नेपालमा ओपनर ब्याटस्म्यान कुशल भुर्तेल विनारन पहिलो ओभरको दोस्रो बलमा डक आउट भए ।

बलिङतर्फ हङकङका आयुष शुक्लाले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अतिक इकबाल, यशिम मुर्तजा र एहसान खानले एकएक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *