एसीसी प्रिमियर कप: तेस्रो स्थानको लागि नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य – Nepal Press

एसीसी प्रिमियर कप: तेस्रो स्थानको लागि नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कपको तेस्रो स्थानको लागि भएको खेलमा नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३९ रन बनाएको हो ।

नेपालको लागि दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै सर्वाधिक ४४ रन बनाए । त्यस्तै सन्दीप जोराले रन आउट हुनुअघि २२ रन जोडेका थिए ।

कप्तान रोहित पौडेलले २१ रन बनाउँदा कुशल मल्ल १३ र सोमपाल कामी १२ रन बनाएर आउट भए । गुल्शन झा ६, आशिफ शेख ५ र करण केसी ३ रन बनाएर आउट हुँदा ललित राजवंशी २ रनमा अविजित रहे । आज पनि नेपालमा ओपनर ब्याटस्म्यान कुशल भुर्तेल विनारन पहिलो ओभरको दोस्रो बलमा डक आउट भए ।

बलिङतर्फ हङकङका आयुष शुक्लाले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अतिक इकबाल, यशिम मुर्तजा र एहसान खानले एकएक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर