अर्थतन्त्र लयमा छैन, घट्दो जनसंख्या समस्या बन्नसक्छ: पूर्वअर्थमन्त्री पाण्डे – Nepal Press

अर्थतन्त्र लयमा छैन, घट्दो जनसंख्या समस्या बन्नसक्छ: पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अहिले नेपालको अर्थतन्त्र लयमा नभएको बताएका छन् ।

नेकपा एमाले धादिङ-काठमाडौं सम्पर्क मञ्चद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै पाण्डेले अर्थतन्त्रलाई सकारात्मक गति दिन विभिन्न चुनौती देखिएको बताए ।

देशको वर्तमान अवस्थामा अर्थतन्त्रको लक्षण राम्रो नदेखिएको बताउँदै उनले अहिले बजार अर्थतन्त्रको रुपमा रहेको जनसंख्या वृद्धिदर घट्नु र युवा जनशक्ति पलायन हुनुले अर्थतन्त्रमा ठूलो असर पार्ने औंल्याए ।

‘जनसंख्या कम भएपछि बजारको आकार स्वाभाविक रुपले खुम्चन्छ’, उपाध्यक्ष पाण्डेले भने, ‘वस्तु तथा सेवाको लागि बजार अनिवार्य छ र बजारका लागि जनसंख्याले अर्थ राख्छ । बजार कम भएसँगै अर्थतन्त्रमा पनि संकुचन आउँछ ।’

उनले प्रविधिको विकाससँगै उपलब्ध रोजगारीमा कटौती भएकाले श्रम बजारमा पनि जनशक्तिको ठाउँ मेसिन तथा प्रविधिले लिँदै गएको बताए ।

प्रविधिको विकाससँगै त्यसको ज्ञान र पहुँच बढाउन नसकिए अर्थतन्त्रमा त्यसबाट हुनसक्ने योगदानबाट वञ्चित हुने अवस्था रहेको पाण्डेको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर