एमालेलाई जनआधारित कार्यकर्ता पार्टी निर्माणमा ओलीले देखेका ६ समस्या – Nepal Press

एमालेलाई जनआधारित कार्यकर्ता पार्टी निर्माणमा ओलीले देखेका ६ समस्या

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएका समस्याहरु औंल्याएका छन् । राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले पार्टी निर्माणमा देखिएका ६ समस्या छलफलका लागि प्रस्तुत गरेका हुन् ।

उनले भने, ‘हामीले केही समस्याहरुको सामना गरिरहेका छौं, जसलाई यस बैठकमा बृहत छलफल गरेर निष्कर्षमा पुग्नुपर्नेछ । यहाँ मैले छलफलका लागि मुख्यतया ६ वटा विषय प्रस्तुत गर्न चाहन्छु, जसमा कमरेडहरुको सघन छलफल र गहन निष्कर्षको अपेक्षा गरिएको छ ।’

यी हुन् ६ समस्या

  • पार्टी सदस्यता वितरण, नवीकरण र परीक्षणको सम्बन्धमा
  • प्रतिनिधि छनोट, अधिवेशन र नेतृत्व चयनका सम्बन्धमा
  • कमिटी सञ्चालन, चेन अफ कमाण्ड र कार्यकर्ताको (मूल्यांकन सम्बन्धमा
  • कार्यशैली, जीवनशैली र कार्यकर्ताको आचरण सम्बन्धमा
  • आर्थिक-सामाजिक रुपान्तरण र जनचासोका विषय सम्बोधन गर्ने सवालमा
  • निर्वाचनमार्फत् निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने सम्बन्धमा ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर