एमालेलाई समाप्त पार्ने षड्यन्त्र चिर्दै अनुकूल परिस्थितिमा आइपुगेका छौँ : ओली (भिडिओ) – Nepal Press

एमालेलाई समाप्त पार्ने षड्यन्त्र चिर्दै अनुकूल परिस्थितिमा आइपुगेका छौँ : ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई समाप्त पार्ने षड्यन्त्रलाई चिर्दै आज तुलनात्मक रूपमा अनुकूल परिस्थिति आइपुगेको बताएका छन्।

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै पार्टीको लागि दशौं राष्ट्रिय महाधिवेशन यताका २९ महिना अत्यन्तै चुनौतीपूर्ण रहेको बताए।

उनले भने- पार्टीको दशौं महाधिवेशन त्यसभन्दा अगाडि पार्टी विभाजन लगत्तै हामीले आयोजना गरेको विधान महाधिवेशन यो अवधि, र पार्टी विभाजन र हामीलाई सरकारबाट हटाइँदाको अवस्था ७७ साल कम चुनौतीपूर्ण थिए। महाधिवेशनपछि पार्टी विभाजन सरकारबाट षड्यन्त्रपूर्ण विस्थापन घेराबन्दी पार्टीका विरुद्ध भ्रमपूर्ण प्रचार र आक्रमणका माध्यमबाट पार्टीलाई समाप्त पार्ने षड्यन्त्रलाई चिर्दै आज हामी तुलनात्मक रूपमा अनुकलन परिस्थिति आइपुगेका छौँ।

उनले अझै पनि चुनौती भने अन्त्य भई नसकेको बताए। राजनीतिक स्थायित्व, सुशासन राष्ट्रिय हित र स्वाभिमानको प्रत्याभूति गर्दै समाजवादको अभिभार पूरा गर्ने कार्यभार एमालेमा रहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर