जसपाको गण्डकी प्रदेशस्तरीय किसान महासंघ र खस संघ गठन – Nepal Press

जसपाको गण्डकी प्रदेशस्तरीय किसान महासंघ र खस संघ गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई भ्रात्र संगठन किसान महासंघ र खस संघ गठन गरिएको छ । शुक्रबार पोखरामा आयोजित प्रदेशस्तरिय भेलाबाट यामप्रसाद आचार्यको अध्यक्षता १३ सदस्यीय समाजवादी किसान महासंघ गठन भएको छ ।

त्यस्तै, सोही भेलाबाट हस्तबहादुर कुँवरको अध्यक्षतामा १५ सदस्यीय समाजवादी खस सङ्घ, नेपाल गण्डकी प्रदेश समिति गठन गरिएको हो ।

पार्टीका राजनीतिक समिति सदस्य एवं समाजवादी खस संघका केन्द्रीय अध्यक्ष प्रेमनारायण थापा प्रमुख अतिथि रहेका थिए । पार्टीका राजनीतिक समिति सदस्य निर्मल जिसी महेन्द्रले समितिको नामावली घोषणा गरेका थिए ।

कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य धनप्रसाद तामाङ, केन्द्रीय सदस्य एवं समाजवादी ट्रेड युनियन महासङ्घका अध्यक्ष अर्जुन लम्साल पार्टीका प्रदेश समिति अध्यक्ष गोपाल गुरुङलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर