अधिवेशन आह्वानको पत्र पढेर स्थगित भयो गण्डकी प्रदेशसभा – Nepal Press

अधिवेशन आह्वानको पत्र पढेर स्थगित भयो गण्डकी प्रदेशसभा

पोखरा । विपक्षी दलले बहिष्कार गरेको गण्डकी प्रदेश सभा स्थगित भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले पठाएको अधिवेशन आह्वानको पत्र सुनाएर स्थगित गरिएको छ ।

यसअघि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश सभा बैठक बहिष्कार गर्ने निर्णय लिएका थिए ।

विपक्षीबिनै बसेको प्रदेश सभा बैठक अधिवेशन आह्वानको पत्र सुनाएर स्थगित भएको हो । प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

यसअघि बैठक बिना विभागीय मन्त्री हरिबहादुर चुमानले जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा प्रस्तुत गर्ने कार्यसूची थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर