पावर प्लेमा नेपाल दबाबमा, ६ ओभरमा २ विकेट गुमाएर ३० रन – Nepal Press

पावर प्लेमा नेपाल दबाबमा, ६ ओभरमा २ विकेट गुमाएर ३० रन

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत अहिले सेमिफाइनलमा युएईविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपाल पावर प्लेमा ३० रन जोडेको छ।

टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ६ ओभरको समाप्तिमा २ विकेट गुमाएर ३० रन जोडेको हो। कुशल भुर्तेलले रन जोड्न सकेनन् भने आसिफ शेखले ८ रन बनाए।

नेपालले ११ रन जोड्दा दुवै ओपनरलाई गुमाएको थियो। रोहित पौडेलले १४ बलमा ४ र सन्दीप जोराले ९ बलमा १४ रन बनाएर खेल्दैछन्।

यूएईका जुनैद सिद्धिकी र ओमिद सफि रहमानले एक एक विकेट लिए। जुनैदले २ ओभरमा ९ र ओमिदले ३ ओभरमा १३ रन खर्चिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर