बैंकहरुको नाफा साढे १३ ले प्रतिशत घट्यो, कसको कति घट्यो ? – Nepal Press

बैंकहरुको नाफा साढे १३ ले प्रतिशत घट्यो, कसको कति घट्यो ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरुको खुद नाफा ७ अर्ब रुपैयाँले घटेको छ ।

कोरोना महामारीका कारण सृजना भएको आर्थिक मन्दीको असर ढिला गरी बैंकहरुको नाफामा देखा परेको छ । ९ महिनासम्म आइपुग्दा बैंकहरुको नाफा १३.४७ प्रतिशतले घटेर ४० अर्ब ६८ करोड ३० लाख ८१ हजार रुपैयाँमा सीमित भएको छ । जबकि बैंकहरुले अघिल्लो वर्षको यस अवधिमा ४७ अर्ब १ करोड ५३ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।

आर्थिक मन्दी, कर्जाको माग कम हुनु, व्यापार व्यवसाय चलायमान हुन नसक्नु जस्ता कारणले बैंकहरुको वित्तीय सूचक दबाबमा देखिएको छ । आम्दानीको ठुलो रकम प्रोभिजन गर्दा नाफामा दबाब परेको देखिएको हो ।

१३ वाणिज्य बैंकको खुद नाफा घटेको छ भने ७ बैंकको बढेको छ । सबैभन्दा धेरै नाफा कृषि विकास बैंकले बढाएको छ । यसको खुद नाफा ९७.२२ प्रतिशतले बढेर २ अर्ब ५ करोड ३१ लाख ६६ हजार पुगेको छ ।

नेपाल बैंकको भने सबैभन्दा धेरै नाफा घटेको छ । यसको नाफा ९२.६८ प्रतिशतले घटेर १३ करोड ५ लाख रुपैयाँमा सीमित भएको छ । तर सबैभन्दा धेरै नाफा गर्नेमा नबिल बैंक अगाडि रहेको छ ।

यसले ४ अर्ब ६६ करोड ८० लाख २९ हजार नाफा आर्जन गरेको छ । दोस्रोमा ग्लोबल आइएमई बैंकले ३ अर्ब ३० करोड नाफा कमाएको छ ।

पछिल्लो समय बैंकहरुको ऋण समयमै नउठ्दा खराब कर्जा बढेको छ जसले बैंकहरुको आम्दानीमा दबाब परेको छ ।
कुन बैंकले कति नाफा कमाएः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर