टस हारेपछि युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल – Nepal Press

टस हारेपछि युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । ओमनमा जारी एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

ओमनस्थित अलअमरेत क्रिकेट ग्राउन्ड-१ मा युएईले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।

नेपाल समूह ‘ए’ को विजेता र युएई समूह ‘बी’को उपविजेता हो । समूह चरणमा नेपालले चार वटै खेलमा जित हासिल गर्दा यूएईले ३ खेलमा जित र एक खेलमा हार बेहोरेको छ ।

प्रतियोगिताको विजेता टोलीले २०२५ मा हुने एसिया कप खेल्न पाउनेछ ।

नेपालले यूएईविरुद्ध १ परिवर्तन गरको छ । आज प्रतिशको ठाउँमा सोमपाल कामीलाई ल्याइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर