कांग्रेस सांसद दीपक खड्काले कब्जा गरेको स्काउटको जग्गा र संरचनामा प्रहरीले लगायो ताला (तस्बिरहरु) – Nepal Press

कांग्रेस सांसद दीपक खड्काले कब्जा गरेको स्काउटको जग्गा र संरचनामा प्रहरीले लगायो ताला (तस्बिरहरु)

काठमाडौं । लिजको म्याद सकिए पनि निजी कम्पनीले भोगचलन गरिरहेको स्काउटको लैनचौरस्थित जमिनमा बनेका संरचनामा जिल्ला प्रशासन कार्यालयले प्रहरीको सहयोगमा सिल गरेको छ ।

उपप्रधान एवं गृहमन्त्रीको निर्देशन पछि स्थानीय प्रशासनले एक्सन लिएको हो । प्रहरीले कार्यालय र क्याफेमा सिल गरेकाे छ भने लैनचौर ब्याङ्क्वेटमा हाल विवाहकाे समाराेह चलिरहेकाले बाहिर प्रहरी पर्खिरहेकाे छ ।

काठमाडौं महानगरपालिका– २६ लैनचौरस्थित जग्गा एवं सम्पत्तिमा नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री दीपक खड्काले अनधिकृत कब्जा जमाएको भन्दै स्काउटले विरोध जनाएको थियो । संसदीय समिति समेत गुहारेको स्काउटको जग्गामा प्रशासनले ताला लगाएको हो ।

स्काउटले २०६५ सालमा भाडामा दिएको ३ रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ । त्यस्तै, माई च्वाइस नामक रेस्टुरेन्ट खोल्न थप भौतिक संरचना निर्माण गरिएको छ ।

स्काउटका दुई वटा व्यवसायिक भवनसमेत खड्का ल्याण्डले भाडा लगाइरहेको छ । दुई व्यवसायिक भवनमध्ये पहिलोमा ३६ र दोस्रोमा १२ वटा पसल कवल रहेका छन् ।

यी दुई भवनमध्ये पहिलो भवन २०६३ र दोस्रो २०६४ सालमा टेन्डर गरेर खड्का ल्याण्ड डेभलपमेन्टलाई दिइएको थियो ।

याे पनि पढ्नुस् : कांग्रेस सांसद दीपक खड्काको आदेशमा स्काउटको सम्पत्तिमा फेरि जबर्जस्ती (भिडिओ)

 

 


प्रतिक्रिया

One thought on “कांग्रेस सांसद दीपक खड्काले कब्जा गरेको स्काउटको जग्गा र संरचनामा प्रहरीले लगायो ताला (तस्बिरहरु)

  1. जय होस् रविको । लुटेरा काँग्रेस त्यसै रविको पछि लागेका होईन रहेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर