प्रचण्ड-ओलीसँगको छलफलपछि रवि : सत्ता समीकरणमा केही समस्या छैन – Nepal Press

प्रचण्ड-ओलीसँगको छलफलपछि रवि : सत्ता समीकरणमा केही समस्या छैन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रदेशको काराणले संघीय सत्ता समीकरणमा केही समस्या नभएको बताएका छन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिंहदरबारमा छलफल पछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । उनले सुदूरपश्चिममा भएको विषयले संघीय सरकारमा प्रभाव नपर्ने बताए ।

उनले अहिलेको भेटघाट सामान्य भएको बताए । सबै राजनीतिक विषयका सामान्य समीक्षाका लागि बसिएको उनको भनाइ छ । उनले सुदूपश्चिम सरकारका विषयमा भने, ‘केन्द्रमा भएका कारणले प्रदेश पनि भएका त हामीले देखिरहेका छौं । तर प्रदेशका कारणले केन्द्र केही हुने भन्ने छैन ।’

वैकल्पिक सरकारको प्रयास भएको विषयमा सञ्चारकर्मीको प्रश्नमा रास्वपाका सभापतिसमेत रहेका रविले भने, ‘त्यो विषयमा मलाई थाहा छैन । त्यस्तो केही होइन । म यहीँ थिएँ । पूर्वप्रधानमन्त्री ओलीजी आइसक्नुभएपछि हामी छलफलमा बसेको हौं । मेन केही एजेण्डमा होइन ।’

 


प्रतिक्रिया

One thought on “प्रचण्ड-ओलीसँगको छलफलपछि रवि : सत्ता समीकरणमा केही समस्या छैन

  1. सरकारमा केही समस्या नहोला तर सहकारीमा समस्या छ गृहमन्त्रीज्यु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर