सहसचिव कार्कीलाई बागमती प्रदेशको कामु प्रमुख सचिवको जिम्मेवारी – Nepal Press

सहसचिव कार्कीलाई बागमती प्रदेशको कामु प्रमुख सचिवको जिम्मेवारी

काठमाडौं । सरकारले सहसचिव गोविन्दबहादुर कार्कीलाई बागमती प्रदेश सरकारको कायममुकायम (कामू) प्रमुख सचिवको जिम्मेवारी दिएको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई कामू प्रमुख सचिवको जिम्मेवारी दिएको हो ।

सहसचिव कार्की अहिले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा सहसचिवको जिम्मेवारीमा छन् । मन्त्रालयमा उनले पर्यटन महाशाखा प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । कार्की प्रशासन सेवाका सचिवमध्ये सबैभन्दा बरिष्ठ सहसचिव पनि हुन् ।

केहि दिन अघि मात्रै बागमती प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारीमा रहेका घनश्याम उपाध्यायको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा सरुवा भएपछि बागमती प्रदेश सरकारको प्रमुख सचिवको पद रिक्त भएको थियो ।

बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्र्णय पनि गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर