सुन कारोबारी भन्दै केरकार र लुटपाट गरेको आरोपमा दुई नक्कली प्रहरी पक्राउ – Nepal Press

सुन कारोबारी भन्दै केरकार र लुटपाट गरेको आरोपमा दुई नक्कली प्रहरी पक्राउ

काठमाडौं । सुन कारोबारी भन्दै केरकार गरेर लुटपाट गरेको आरोपमा दुई जना नक्कली प्रहरी पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले काभ्रेको तिमालका सन्देश तामाङ र रोशीका हिरालाल तामाङलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनीहरुले काठमाडौंको गोकर्णमा चिया खाएर बसिरहेका एक व्यक्तिलाई सुन कारोबारी भन्दै आफुहरुलाई प्रहरी बताएर केरकार गरेका थिए । उनीहरुले ती व्यक्तिको साथबाट ४० हजार रुपैयाँ र कोठामा पुर्याकएर १८ ग्रामको सिक्री लुटेको आरोप लागेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर