सबल र सक्षम अर्थतन्त्र बनाउन निजी क्षेत्रको आत्मबल बढाउनु पर्छ : उद्योगमन्त्री भण्डारी (भिडिओ) – Nepal Press

सबल र सक्षम अर्थतन्त्र बनाउन निजी क्षेत्रको आत्मबल बढाउनु पर्छ : उद्योगमन्त्री भण्डारी (भिडिओ)

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सबल र सक्षम अर्थतन्त्र बनाउन उद्योगी व्यवसायीहरुको आत्मवल बढाउन आवश्यक रहेको बताएका छन् ।

बिहीबार नेपाल चार्टर्ड एकाउण्टेण्ड संस्थाले आयोजना गरेको तस्रो एकाउण्टेण्ट सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले मुलुकको अर्थतन्त्रलाई सबल र सक्षम बनाउन निजी क्षेत्रको मनोबल उच्च बनाउन आवश्यक रहेको बताए ।

मन्त्री भण्डारीले अर्थतन्त्रका केही सूचकहरु सुधार भइरहेको वर्तमान अवस्थामा व्यापार व्यवसाय तथा स्वदेशी उद्योगको विकासका माध्यमबाट अर्थतन्त्र अझ चलायमान बनाउन आवश्यक देखिएको उल्लेख गरे ।

मन्त्री भण्डारीले नयाँ आर्थिक अवसरहरुको सिर्जना गर्न सके मात्र अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह गरी देशभित्रै रोजगारीका अवसरहरु सिर्जना गर्न सकिने बताए । मन्त्री भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएका सिथिलतामा सुधारहरु आउन थालेको दाबी गरे ।

उनले सरकारले लिएका नीति नियमहरु राज्यका निकाय र निजी क्षेत्रले परिपालना गरेका कारण अर्थतन्त्रमा सुधार हुँदै आएको दाबी गरे । उनले लेखा व्यवसायीहरुको कार्यकुशलतामार्फत विभिन्न कम्पनी तथा निकायहरुको वित्तीय विवरणहरु यथार्थ हुँदै प्रशासकीय सुधार गरी दिगो र बलियो हुँदै गएको बताए ।

यस्तो छ मन्त्री भण्डारीको भनाइः

लेखा व्यवसायीहरुको कार्यकुशलता मार्फत विभिन्न कम्पनी तथा निकायहरुको वित्तीय विवरणहरुको यर्थाथ र उचित विवरणको कारण सुधार हुने र प्रशासकिय सुधारमा दिगो र बलियो हुँदै गएको छ । राज्यका नीति नियम परिपालनको कारण मजबुँत हुँदै गएबाट अर्थतन्त्रमा पारदर्शिता जवाफ देहिता,व्यवस्थापकीय सक्षमता एवम् वित्तीय अनुशासन पालना समेत थप प्रभावकारी हुँदै गएको छ ।

केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधारहरु आउन थालेको छ । अर्थतन्त्रका केही सूचकहरु सुधार रहेको वर्तमान अवस्थामा व्यापार व्यवसाय तथा स्वदेशी उद्योगधन्दा विकासको माध्यमबाट अर्थतन्त्र अझ चलायमान बनाउन आवश्यक देखिएको छ ।

सबल र सक्षम अर्थतन्त्रको विकासका लागि उद्योगी व्यवसायीहरुको आत्मवल बढाउँदै नयाँ आर्थिक अवसरहरुको सिर्जना गर्न आवश्यक देखिएको छ । यसले अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह गर्छ भने देशभित्रै रोजगारीका अवसरहरु सिर्जना हुन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर