कोल्हबी नगरपालिकामा हात्ती आतंक, करिब ७ विगाहको केरा खेतीमा क्षति (भिडिओ) – Nepal Press

कोल्हबी नगरपालिकामा हात्ती आतंक, करिब ७ विगाहको केरा खेतीमा क्षति (भिडिओ)

काठमाडौं । बाराको कोल्हबी नगरपािलका वडा नं २ का किसान यत्तिबेला हात्ती आतंकबाट त्रसित छन् ।

गत वर्ष पनि सोही वडामा २ जनाको ज्यान लिएको हात्ती यस वर्ष किसानहरुले लगाएको खेतीतर्फ सोझिएको छ । स्थानीय किसानहरुलाई आफूले लगाएको खेती जोगाउन सकस परेको छ ।

वडामा करिब ६० विगाहमा केरा खेती लगाइएको सोही वाडाका अध्यक्ष गोपाल अधिकारीले बताए । त्यसमध्ये करिब ७ विगाह जमिनको केरा खेतीमा क्षति गरेको वडा अध्यक्ष अधिकारीले नेपाल प्रेसलाई बताए ।

किसान दिपेश प्रसाद चौंलागाईको साढे २ विगाहमा लगाएको केरा हात्तीले नष्ट गरेको बताए । यस्तै श्याम भुजेल र छिरिङ लामाको केरा खेतीपनि हात्तीले क्षति पुर्‍याएको छ ।

१५ दिन यता हरेक रात ३ वटा हात्ती आउने र रातभर केरा उखेलेर फालिदिने, मकै कुल्चेर मासिदिने र विहान ५ बजेपछि आफ्नो बाटो लाग्ने गरेको कृषक दिपेश प्रसाद चौंलागाइले बताए ।

खेती किसानमै भविष्य खोजेका चौंलागाइलाई अहिले आफूले लगाएको केरा खेती आफैँलाई घाडो बनेको बताउँछन् । उनी भन्छन, ‘केराको व्यवसायिक खेती गरेर आम्दानी गर्ने सोच थियो तर भएको जति सबै हात्तीले जरै लगाएर उखेलेको छ । हामीले निकुञ्ज तथा स्थानीयतहका प्रतिनिधिलाई समेत गुनासो गर्दा पनि आतंक रोक्न कुनै पहल गरेनन ।’

तर वडा नं। २ का अध्यक्ष अधिकारीले निकुञ्ज पठाउन क्षति पुगेका किसानको के कति क्षति छ सो बारे एकिन गरेर विवरण भर्ने काम भइरहेको बताए । उनले गत वर्ष निकुञ्जका मानिस आएर स्थानीयलाई हात्ती आए कसरी धपाउने भनेर तालिम सिकाएको बताए ।

क्षति पुगेको एकिन गरेर फर्म भरेर पठाउन भनेपनि गत वर्षकै क्षतिपूर्ति नपाएको स्थानीय तहका जनप्रतिनीधिको गुनासो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *