कोशी प्रदेशमा आजबाट अधिवेशन सुरु, सङ्कल्प प्रस्ताव टेबल हुँदै – Nepal Press

कोशी प्रदेशमा आजबाट अधिवेशन सुरु, सङ्कल्प प्रस्ताव टेबल हुँदै

विराटनगर । कोशी प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदै छ । मुख्यमन्त्री केदार कार्कीले नियमित अधिवेशन जेठ ११ गतेका लागि सिफारिस गरेको अवस्थामा प्रदेश प्रमुख परशुराम खापुङ्गले आज अधिवेशन बोलाएका छन् ।

प्रदेश प्रमुखले अधिवेशन बोलाउनु अघि नेकपा एमाले र नेकपा माओवादी सहितका ५२ जना प्रदेश सभा सदस्यले विषेश अधिवेशनको माग गरेका थिए । एमाले र माओवादीका प्रदेश सभा सदस्यको माग अनुसार कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको मिति तोकेका थिए ।

विशेष अधिवेशनमा नेकपा एमाले र नेकपा माओवादीसहितका सांसदले सङ्कल्प प्रस्ताव प्रदेश सभामा पेस गर्दै छन् । मुख्यमन्त्री केदार कार्कीको सरकार अल्पमतमा रहेको देखाउने गरी सङ्कल्प प्रस्ताव प्रदेश सभामा पेस गर्ने तयारी रहेको छ।

नेकपा एमालेका सांसद रेवती रमण भण्डारीको प्रस्तावमा नेकपा माओवादीका सांसद गणेशप्रसाद उप्रेती र एमाले सांसद किशोरचन्द्र दुलालको समर्थनमा कोशी प्रदेश सभा सचिवालयमा पेस भएको सङ्कल्प प्रस्ताव प्रदेश सभामा पेस हुने प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

सकल्प प्रस्ताव प्रदेश सभा सचिवालयमा वैशाख ३ गते नै दर्ता भएको भए पनि त्यसको संशोधन सहित पुनः ५ गते दर्ता भएको छ । प्रदेश सभामा दर्ता भएको सङ्कल्प प्रस्ताव प्रदेश सभामा पेस हुने र त्यस बारेमा छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर