सुमनाको ‘टालेको सट’ मा ज्ञानेन्द्र शाहीको टिप्पणीः सस्तो लोकप्रियताका लागि नाटक – Nepal Press

सुमनाको ‘टालेको सट’ मा ज्ञानेन्द्र शाहीको टिप्पणीः सस्तो लोकप्रियताका लागि नाटक

‘काठमाडौंमा फेरि फेरि गाडी चढ्न सक्नेले एउटा सट किन्न नसक्ने ? नाटक बढी भयो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीकेही दिनदेखि सत्तारूढ दल रास्वपा र यसका नेताहरूप्रति आक्रामक बनिरहेका छन् । रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेपछि उनको निशानामा परेकी छन् शिक्षामन्त्री समेत रहेकी नेतृ सुमना श्रेष्ठ ।

शाहीले हालै एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा सुमनाको पहिरनमाथि प्रश्न उठाएका थिए । मन्त्री पदमा रहेको व्यक्तिले कलेजका विद्यार्थी जस्तो उत्ताउलो पोशाक लगाएर हिँड्नु अशोभनिय भएको उनको टिप्पणी थियो । शाहीले सकेसम्म नेपाली महिलाको राष्ट्रिय पोशाक नभए आफ्नै नेवारी समुदायको सांस्कृतिक पोशाक लगाउन सुझाव दिए ।

शाहीको यो अभिव्यक्ति सामाजिक सञ्जालमा चर्चित भयो । कसैले उनको भनाइमा समर्थन गरे भने कसैले आलोचना गरे ।
यसैबीच सुमनाको एउटा तस्विर सामाजिक सञ्जालमा हिजो भाइरल भयो । तस्विरमा मन्त्री सुमनाले लगाएको सर्ट च्यातिएर टालेको जस्तो देखिन्छ । यो तस्विरलाई लिएर समर्थकहरूले उनको ‘सादगीपन’ को प्रशंसा गरेका छन् भने आलोचकहरूले ढोंग देखाएको आरोप लगाएका छन् ।

शाहीले आज बिहानै फेसकुबमा स्टाटस लेख्दै सुमनामाथि कडा टिप्पणी गरेका छन् । सुमनाले सस्तो लोकप्रियताका लागि नाटक गरेको उनको आरोप छ ।

शाहीले लेखेका छन्ः

‘सस्तो लोकपिरियताको लागि कति नाटक गर्छौ?अमेरिकाको MIT university को कलेज फिस ७६ लाख ५४ हजार १५२ रुपैया तिर्न सक्नेले एउटा ३५० रुपैयाको सट किन्न्न सक्दैन रे ? अनि काठमाडौमा फेरि( फेरि गाडी चढ्ने सक्ने र एन्जिओबाट महिनाको ३ लाख तलब खान सक्नेले साथै मन्त्रीकोरुपमा करिब महिना कै ९० हजार तलब खानसक्ने, काठमाडौंको ५ स्टार होट्लमा बिदेशी श्रीमान सँग दिनको २० हजारको डिनर गर्नेले जाबो ३५० रुपैयाँको एउटा सट किन्न सकिँदैन रे ? तिम्रो नाटक एउटाले क्यामरा बोक्ने एउटाले च्यातिएको सट घरबाट लगाएर आउने अनि फोटो खिच्ने र बिदेशमा रहेका केही पैसा खाएर काम गर्ने भक्तेले फोटो हाल्ने र वाव र ग्वाउँ गर्दै भजन गाउने बिचार सोझा (सझा जनता लाई उल्लु बनाउने ? तिमहिहरु भन्दा राम्रो नाटक त धुर्मुस सुन्तलीले पनि गर्ने सक्दैनन् ।’

शाही विगतमा रास्वपा र रवि लामिछानेप्रति सकारात्मक थिए । लामिछानेप्रति आक्रमण तेज हुँदा उनले बचाउ पनि गर्थे । तर रास्वपा अहिले प्रचण्ड सरकारमा सहभागी भएसँगै शाहीको निशानामा रवि र रास्वपा नेताहरू पर्न थालेका हुन् । दुई साताअघि राप्रपाले काठमाडौंमा गरको जनप्रदर्शनका क्रममा प्रहरीसँग शाहीको मुठभेड भएको थियो । प्रहरीले शाहीको लुगा च्यातचुत पारिदिएका थिए । त्यसयता शाही रविविरूद्ध आक्रामकरूपमा खनिएका छन् ।


प्रतिक्रिया

One thought on “सुमनाको ‘टालेको सट’ मा ज्ञानेन्द्र शाहीको टिप्पणीः सस्तो लोकप्रियताका लागि नाटक

  1. टुच्छ ब्यक्तिहरु अरुको ब्यक्तिगत निन्दाचर्चा मै दिन बिताउछन, महान ब्यक्तित्वहरु झिनामसिना कुरागरिहिडन फूर्सद नै हुदैन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर