एनएमबि बैंकको एघारौँ हेरिटेज वाक सम्पन्न – Nepal Press

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक सम्पन्न

काठमाडौं । एनएमबि बैंकले एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । बुधबार बैंकले आफ्नो बल्खु शाखाबाट शुरु गरि कीर्तिपुरको उमा महेश्वर मन्दिर परिसरसम्मको पैदल यात्रा गरी एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले ‘हाम्रा सम्पदा हुन खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय’ भन्ने नाराका साथ मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन र साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरेको जनाएको छ ।

बैंकले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा बैंकका अध्यक्ष मनोज कुमार गोयल, संचालक जीवन कुमार कट्वाल, उत्तम भ्लोन, हरिश्चन्द्र सुवेदी, शिरिष कुमार मुरारका, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, किर्तिपुर महानगरपालिका प्रतिनिधि, बैंकका कर्मचारी लगायत ७५० जनाको सहभागितामा कार्यक्रम सम्पन्न गरेको हो ।

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाई ५ लाख रुपैयाँको सहयोगका साथैे किर्तिपुर महानगरपालिकालाई डस्टविनहरु समेत हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

त्यस्तै, बैंकले कोसी प्रदेशमा इटहरी चोक देखी रामधुनी मन्दिर सम्म, मधेष प्रदेशमा जनकपुर शाखा देखि राम मन्दिर, चितवनमा भरतपुर शाखा देखी गणेश धाम, गण्डकी प्रदेशमा जिरो किलोमिटर शाखा देखी तालबाराही मन्दिर सम्म, लुम्बिनी प्रदेशमा गोल पार्क देखी सिद्धबाबा मन्दिरसम्म र कर्णाली प्रदे्रश र सुदूर पश्चिम प्रदेशमा सुर्खेत शाखा देखी काक्रेबिहार मन्दिर सम्म, महेन्द्रनगर शाखा देखी सिद्धनाथ मन्दिर सम्म र धनगढी शाखा देखी कृष्ण मन्दिरसम्म एकै साथ एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले देशभरी २०१ शाखा, १८६ एटीएम, ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर