पहिचानवादी प्रति बादलको टिप्पणी- एकल जातीय पहिचानको कुराले समृद्ध नेपाल बन्दैन – Nepal Press

पहिचानवादी प्रति बादलको टिप्पणी- एकल जातीय पहिचानको कुराले समृद्ध नेपाल बन्दैन

इलाम । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले एकल जातीय पहिचानको कुराले जातीय सद्भावलाई खण्डन गर्ने बताएका छन् । इलाम क्षेत्र नम्बर २ अन्तर्गत इलामको देउमाई नगरपालिकामा गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यो देश सबैको भएकाले एकल जातीय अधिकारको कुरा गर्नु सान्दर्भिक नभएको बताए ।

पहिचानवादीहरू प्रति टिप्पणी गर्दै उपाध्यक्ष थापाले साझा अधिकार र साझा कुराले मात्रै समृद्ध नेपाल सुखी नेपालीको नारा साकार हुने बताए । उनले एमालेले साझा अधिकार र साझा कुरा गरेकाले एमाले माओवादी गठबन्धनका साझा उम्मेदवार सुुहांग नेम्बाङ्गलाई जिताउनु पर्ने बताए ।

उनले भने, ‘अहिले केही जातीय अधिकार र जातीय पहिचानको कुरा गर्नेहरू आएका छन् । उनीहरूका एकल कुराले देशको विकास हुँदैन देशको विकासका लागि सबैको अधिकार सुनिश्चित हुनु पर्छ ।’

उनले देश सबै धर्मालम्वीहरुको भएको बताए । उनले सबै धर्म मान्नेहरूको खुन पसिनाले यो देश बनेकाले एमालेले धर्म निरपेक्ष राज्य स्वीकार गरेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर